काठमाण्डौ, १९ साउन ।
सङ्ग्रहालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै सिसाले छोपेर राखिएका एक हजार ३०० मा सबैको ध्यान तान्छ। उभिएर छेउछाउमा नजर डुलाउँदा फिलिप्स कप्पनीको पुरानो रेडियो, केही थान पुरुषले प्रयोग गर्ने कपडालगायतका बस्तु देख्दा कौतुहलता बढ्छ।
सिसाभित्रको एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट २६ वर्ष अगाडि चितवनको दासढुङ्गामा दुर्घटनामा ज्यान गुमाएका नेता जीवराज आश्रितको गोजीबाट निकालिएको थियो।आश्रितको मृत्युपछि उनले लगाएको कपडामा भेटिएका ती नोट अहिले बुटवलमा जीवराज आश्रित स्मृति प्रतिष्ठानले स्थापना गरेको जीवराज आश्रित स्मृति सङ्ग्रहालयमा राखिएको छ।‘आश्रितले प्रयोग गरेका नोटमात्र होइन उहाँले प्रयोग गरेका रेडियो, कपडा, पुस्तकलगायतका सामग्री देख्दा उनलाई नजिकैबाट चिन्नेको मन भक्कानिन्छ’, पूर्व सांसद तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले भने, ‘सङ्ग्रहालय अवलोकन गर्न आउनेलाई आश्रितको जीवनी र उहाँले प्रयोग गरेका सामग्री पहिचान गराउँदा कैयौं व्यक्तिका आँखा रसाउँछन्,
आश्रितलाई नजिकबाट चिन्नेहरु सङ्ग्रहालयमा पुगेर टोलाउँछन् र श्रद्धाका आँसु झारेर फर्किन्छन्।’नेपाली इतिहासकै र रहस्मय घटनाका साक्षी बनेका रुपैयाँ र अन्य सामग्रीले आश्रितको दुर्घटना भएको दिनको स्मरण गराउँछ।

















