
काभ्रेपलाञ्चोक, १९ साउन । अरनिको राजमार्ग अन्तरगत बनेपा–१० साझा पेट्रोल पम्पको मोडमा अत्याधिक दुर्घटना हुन्छ । विगत बर्षहरुमा सो मोडमा दुर्घटना हुने क्रम अत्याधिक हुन्थ्यो । आइतवार सोही मोड नजिकै दुईओटा दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् ।
आईतवार बिहान १०ः३० बजे बनेपावाट साँगातर्फ जाँदै गरेको बा५७प ९४६९ नंम्बरको मोटरसाईकलाई काठमाण्डौंवाट बनेपा आँउदै बा १७ प ८११२ नंम्बरको स्कारपियाले ठक्करदिदा मोटरसाइकलमा सवार बनेपा गम्भिर घाईते भएका थिए । घाइते दुबैलाई उपचारको लागि शीर मेमोरिलय अस्पताल बनेपा लगिएको थियो । घाइतेमध्ये बनेपा–१२ कोटथुम्का २१ बर्षीया रविन थापाको उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । सो दुर्घटनामा परि सोही ठाँउका सविन थापा घाइते भएका थिए । उनको शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।आईतबार दिउँसो १ बजे सोही ठाँउमा अर्को दुर्घटना भएको छ । बनेपावाट साँगाजाँदै गरेको बा ९९प ३३९७ नंम्बरको स्कुटीले बा ६ ख ७३१५ नंम्बरको ट्रकलाई ओभेरटेक गर्ने क्रममा ट्रकको पछाडीको भागमा ठोक्किएर स्कुटरमा सवार एक पुरुषको मृत्यु भएको छ । उनको वतन खुल्न सकेको छैन ।
त्यस्तै, बिपी राजमार्गको रोशी गाँउपालिका–८ गिम्दीवेशीमा मोटरसाइकल दुर्घटनाm हुँदा एकको मृत्यु भएको छ । काठमाडौंबाट मंगलटार जाँदै गरेको ना६२प ७३१६ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ सल्यान–३ घर भइ कालिसिद्धी गण बर्दिबासमा कार्यरत नेपाली सेनाका अमलदार ३५ बर्षीया भोजनारायण श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।