भोजपुरको पौवादुङमा गापा -१ का वडा अध्यक्ष पाण्डेको निधन


भोजपुर, १८ साउन ।

भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं -१ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले जानकारी दिए ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान रिफर गरिएको थियो । रिफर भएसंगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउन साथ निधन भएको वडा सदस्य सुवेदीको भनाई छ ।

सोही वडा तिलारमा घर भएका अध्यक्ष पाण्डे केहि दिन अघिबाट निमोनियाका कारण सिकिस्त विरामी भएको पारिवारिक श्रोतले जनाएको छ ।अध्यक्ष पाण्डेको निधन प्रति गाउँपालिकालाई अपुरणिय क्षति पुगेको गाउँपालिका अध्यक्ष किरण राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार