भोजपुरमा ६ वर्षीया बालिका बलात्कारको अभियोगमा एक पक्राउ


भोजपुर, १८ साउन ।
भोजपुरमा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका– २ का १३ वर्षीय वालकले आमचोक गाउँपालिका की बालिका बलात्कार गरेको आरोपमापक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर उनले बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएपछि उनलाई प्रक्राउ गरेको प्रहरीको भनाई छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।बलात्कार गर्ने पनि बालक रहेकोले प्रहरीले नाम भने गोप्य राखेको छ ।

काठमाडौँ / मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार