
इटहरी, प्रदेश नं १ मै सबै भन्दा बढी बिषय अध्यापन गराउदै आएको इटहरी नमुना कलेजले नयाँ शैक्षिक वर्षमा कलेजमा पढ्न आउने ११ का विद्यार्थीहरुको लागि स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परक्षिा बोर्डका शाखा अधिकृत दयाराम राईले राष्ट्र निर्माणमा शिक्षाको क्षेत्रबाट इटहरी नमुना कलेजले महत्वपूर्ण भूमिका खेलेको बताए । राईले स्थापना भएको छोटो समयमा सफलता हासिल गर्ने कलेजको रुपमा नमुना कलेज चिनिदै आएको बताए ।
उनले शैक्षिक स्तरलाई उकास्नको निम्ति यस कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यस्तै कार्यक्रममा अतिथिको रुपमा रहेका हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले आफूले यस नमुना कलेजलाई नमूना कलैज मात्र हैन साँच्चिकै नमुना कलेज रहेको बताए । कलेजका सञ्चालक चिरञ्जिवी तिम्सिनाले नमुना कलेज प्रदेश नं १ कै नमुना कलेज रहेको दाबी गर्दै प्रदेश नं १ कै सबै कलेज भन्दा बढी बिषयहरु अध्यापन गराउदै आएकोले अध्ययनरत विद्यार्थीहरुलाई धन्यवाद दिँदै नमुना कलेज नमूनाकै रुपमा रहेको चित्रण गरेका छन् । उनले विगतका दिनहरु सम्झदै कुनै बेला यस नमुना कलेजमा विद्यार्थीहरु नभएर शिक्षकहरुलाई निस्किनु न बस्नुको अवस्था थियो तर आज यस नमुना कलेजमा इटहरीका मात्र हैन प्रदेश १ भरिका विभिन्न स्थानबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पु¥याएको भन्दै सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नको निम्ति सोही कलेजमा अध्ययन गर्ने विभिन्न संकायका विभिन्न विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । कलेजका अध्यक्ष केशब खड्काले नमुना कलेज आज यो स्थानमा आइपुग्नु कलेज व्यवस्थापकको मात्र भूमिका नरहेको भन्दै शैक्षिक क्षेत्रमा लागेका सबै विद्यालय देखि शिक्षक , विद्यार्थीहरुको समेत उल्लेख्य भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
विगत सात बर्षदेखि सञ्चालनमा रहेको इटहरी नमूना कलेज विद्यार्थीको रोजाइको केन्द्र बन्न पुगेको छ । हाल यस कलेजमा उच्च माध्यमिकदेखि स्नाकोत्तरसम्म पढाइ हुन्छ भने ग्रिन पिस फाउन्डेसनको नेटवर्क भित्र प्ले गु्रप देखिनै अध्यापन भइरहेको छ । विद्यार्थीले पाएको शिक्षा व्यवहारमा उतार्न सकुन, त्यही अनुसारको रोजगारी पाउन् भन्ने उद्देश्यले स्थापना भएको यस कलेजमा उच्च माविमा विज्ञान, व्यवस्थापन, होटल म्योजमेन्ट , शिक्षा , लगायतका विषय संकायमा पढाइ हुने गर्छ । त्यस्तै स्नातक तहमा विविए , बिबिएस, व्याचुलर इन होटल म्यानेजमेन्ट , व्याचुलर इन कम्प्युटर एप्लीकेसन , व्याचुलर इन सोसीएल वर्क ९बिएसडब्लु० र विए , अध्यापन हुने गरेको छ । त्यतीमात्र होइन यस कलेजमा एमबिए तथा विविए कार्यक्रम भने लिङकन विश्वविद्यालयको सम्वन्धनमा सञ्चालनमा रहेको छ ।