
भोजपुर, १६ साउन ।
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा एक ब्यक्ती मृत फेला परेका छन् । वडा नं ५ बस्ने ६८ वर्षीय स्थानीय धनबहादुर राई मृतफेला परेका हुन् । मानशिक सन्तुलन गुमाएका राई वेपत्ता भएपछि खोजी गर्ने क्रममा विहिबार मृतफेला परेको प्रहरीले जनाएको छ ।
सडी सकेको अवस्थामा फेला परेका राईको शव छोराले पहिचान गरेको प्रहरीको भनाई छ । घटनापछि आवश्यक प्रक्रिया पुरा नगरि शव परिवारको जिम्मा लगाएको प्रहरीको भनाई छ । एक किशोरको मृत्यु मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी
अनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईकोबिहीबार बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।