बालविवाहले बढ्यो कर्णालीमा बहुविवाह


काठमाडौं, १६ साउन । कानुनले बहुविवाह सम्बन्धी ऐन कडा रुपमा लागू गरे पनि व्यवहारमा कार्यान्वयन नहुँदा कर्णाली प्रदेशमा बाहुविवाह गर्नेको संख्या ह्वात्तै बढेको छ।

कर्णाली प्रदेशको अधिकांश जिल्लामा बहुविवाहको संख्या बढेको हो। दोस्रो बिहे गर्ने पुरुषको सङ्ख्या बढ्दै गएपछि कर्णालीका महिला विभिन्न समस्या खेप्न बाध्य छन्। सरकारले बहुविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रममार्फत वर्षेनि लाखौँ रुपैयाँ खर्च गरेपनि उपलब्धि शून्य नै छ।पछिल्लो समय यो प्रदेशमा बहुविवाहका घटना रोकिन नसक्दा महिलाले विभिन्न प्रकारका हिंसा भोग्नु परिरहेको छ। पछिल्लो तीन आर्थिक वर्षको अवधिमा बहुविवाहका २ सय ९ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३र०७४ मा ५२, ०७४र०७५ मा ४६ र गत आर्थिक वर्षमा १ सय ११ गरी २ सय ९ वटा बहुविवाहको उजुरी परेको हो। बहुविवाहमा एउटा महिलाबाट अर्को महिला नै पीडित हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा प्रवक्ता प्रदिप क्षेत्रीले बताए। उनले भने,‘बहुविवाह हुँदा कतै पहिलो श्रीमतीले दुःख पाउँछन् त कतै पछि आउने श्रीमतीले।’

बहुविवाह घटनाका पीडक सजिलै धरौटीमा छुट्ने गरेको डिएसपी क्षेत्रीले बताए। उनका अनुसार भदौदेखि लागू भएको मुलुकी (संहिता) ऐनले पहिलेको विवाहित सम्बन्ध कायम हुँदाहुँदै दोस्रो विवाह गर्ने महिला वा पुरुषको सम्बन्धले कानुनी मान्यता पाउँदैन। यो प्रदेशमा बहुविवाहका कारण लामो समयदेखि महिला पीडामा पर्दै आइरहेका छन्।

प्रदेश प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बाहुविवाह फौजदारी अपराध अन्तरगत रहेकाले श्रीमानबाट पीडित जेठी श्रीमतिलाई सम्पुर्ण कानुनी सहयोग सरकारले उपलब्ध गराइरहेको बताए। उनले भने,‘बाहुविवाहको मूल कारण बालविवाह रहेको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार