इलाका प्रशासन कार्यालय दिंलाबाट सेवा प्रवाह शुरु


भोजपुर,१६ साउन।
इलाका प्रशासन कार्यालय दिंलाबाट आजदेखि  सेवा प्रवाह शुरु भएको छ । कर्मचारी समायोजनका कारण करिब ४ महिना देखि रोकिएको
कामकाज आजबाट शुरु भएकोजिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

दिंलामा कार्यरत शाखा अधिकुतको १ नम्बर प्रदेशमा समायोजन भएपछि गत चैत्र महिना देखि  रोकिएको नागरिकता वितरण र राहादानी सिफारिस लगाएतको कामकाज शुरु भएको हो । १५ दिनमा दुई दिन इलाका प्रशासनबाट उत्तरी क्षेत्रका नागरिकलाई सेवा दिइने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिनुभभयो ।वर्षातको समयमा महिनामा ४ पटक र अन्य समयमा आवश्यकता र सेवाग्राहीको चापअनुसार सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्राइको भनाई छ ।

इलाका प्रशसान कार्यालयबाट नै नागरिकता र राहादानी वितरणको काम सुरु भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकको सेवा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार