ईटा भट्टाको पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु


रौतहट, १५ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाको डुमरियामा बुधबार दिउँसो इटा भट्टाको पोखरीमा डुबेर दाजुबहिनीको डुबेर मृत्यु भएको छ ।

मृत्यु हनेमा सर्लाही जिल्ला घर भई डुमरिया बस्दै आएका संजय साहका ११ बर्षीय छोरा अनिस साह र आठ बर्षीया छोरी कल्पना साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर नौ डुमरियामा इटा भट्टाको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।सर्लाहीको हरीपुर नगरपालिका वडा नम्वर चारका स्थायी घर भएका मृतक साहको परिवार काम गर्न चन्द्रपुर नपा वडा नम्वर ९ स्थित डुमरिया बस्दै आएका थिए । मृतकका बुबा संजय डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बसेका थिए । इटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न गएका दाजुबहिनीको मृत्यु भएको जनाइएको छ ।

मृतक परिवारका अनुसार आज बुधबार बिप्लव समुहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि ति बालबालिका खेल्न जाँदा डुवेर मृत्यु हुन पुगेको हो । मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । यसैगरी, केहीदिन अघि चन्द्रपुर नगरपालिका वडा नम्वर छ बेल्डीमा नौ बर्षीय बिराज पहरीको पनि नहरमा डुबेर मृत्यु भएको थियो । स्थानिय गोबिन्द पहरीको छोरा बिराज नहरमा पौडी खेल्न जादा मृत्यु इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार