
भोजपुर, १४ साउन ।
भोजपुरमा पोखरीमा डुवेर एक वालकको ज्यान गएको छ । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका प्रकाश थापाका चार वर्षीष छोरा व प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
सोमबार साँझा करिव ६ वजे गाईवस्तुलाई पानी खुवाउनको लागि बनाएको पोखरीमा डुबेर वालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । साँझको समयमा साथीहरुसँग खेल्न जाँदा उक्त पोखरीमा डबेको प्रहरीले जनाएको छ । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार वंशीले बताए ।
झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फी डाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।स्थानीयवासी टेकनारायण सङ्ग्रौलाको प्लटिङ गरेको जग्गामा काम गर्न गएका किस्कुको मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका किस्कुलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो । उनको अस्पताल ल्याएलगत्तै मृत्यु भएको हो ।