विषालु च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु


विषालु च्याउ खाँदा बिरामी भएका रोल्पामा एकै घरका तीनजनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका-६ पाटेगुम्चालका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।

गुम्चालकी २५ वर्षीया पुरमला बुढाथोकी र उनकी ७ वर्षीया छोरी सुनिता र ४ वर्षीया छोरा पुष्करको मृत्य भएको हो। छिमेकी भिमसर पुनका अनुसार पुरमलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

आफन्त नने पुनका अनुसार साउन ८ गते बेलुका विषालु च्याउ खाएर उनीहरु बिरामी भएका थिए। गोठमा बस्दै आएका उनीहरुले जंगलबाट च्याउ ल्याएर खाएका थिए।लागुऔषध ब्राउन सुगर सहित इटहरीबाट सौगात राई पक्राउ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार