इटहरी । लागुऔषध ब्राउन सुगर सहित ईलाका प्रहरी कार्यालय इटहरीले एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार दिउसो इटहरीको मनकामना टोलबाट ब्राउन सुगर सहित सौगात राईलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ६ ग्राम १८० मिलीग्राम ब्राउन सुगर सहित राईलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । राईलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले बताएको छ ।