प्रभु बैंक र अर्विट मेडिकलबीच सम्झौता


काठमाडौं। ११ साउन । प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्सबीच सहमति भएको छ । यस सहमति अनुसार कम्पनीसँग आबद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भएका विद्यार्थीले

नगद जम्मा गर्नेदेखि विदेशी मुद्रा सटहीसम्मको सुविधा पाउनेछन् । सो सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र अर्विटका तर्फबाट प्रबन्ध सञ्चालक सुनिल रेग्मीले हस्ताक्षर गरेका हुन् ।बैंकका अनुसार स्विफ्ट, ड्राफ्ट र अनलाइन पेमेन्टमार्फत गरिने आईएलटीएस, टोफेल, स्याट, जीआरई, जिम्याट र शैक्षिक शुल्क भुक्तानी गर्न मिल्नेछ । बैंकले शैक्षिक कर्जासमेत सर्वसुलभ रूपमा दिने सो बैंकले जनाएको छ ।

बैंकले विद्यार्थीका लागि सहज सेवा उपलब्ध गराउन कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकेको जनाएको छ । यो समझदारीपछि विदेशी मुद्रा सटहीदेखि आईएलटीएसका पैसा बुझाउन सहज हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार