पेस्तोल र लागुऔषधको साथमा भोजपुरका एक सहित ५ जना पक्राउ


भोजपुर, ११ साउन ।
लागुऔषध र पेस्तोलको साथमा भोजपुरका एक सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन प्रहरी र दुई सर्वसाधरण रहेको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी

भई हाल धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङलाई धरान–१६ मा रहेको धरान रङ्गशालाको प्याराफिटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका स्थायी बासिन्दा जंगबहादुर श्रेष्ठ लागुऔषधसँगै गोली ओसार पसार गर्नै कार्यमा संलग्न रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी न्यौपानेले बताए ।यसैगरी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी वान जङ्गबहादुर श्रेष्ठलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनीसहित धरान–८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये दिलकुमारले बोकेको बजारे झोला चेकजाँच गर्दा लागुऔषध स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल भेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार