पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्कियो, आवागमन प्रभावित


नारायणगढ, १० साउन । चितवनको इच्छाकामना– ४ लेवाटारमा यात्रुवाहक बस र ट्रक ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नम्बको यात्रुबाहक बस र काठमाडंैँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २८९५ नम्बरको मालबाहक ट्रक आज विहान एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनापछि केही समय सवारी आवागमन प्रभावित भएको थियो । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको र दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार