कपिलवस्तु, ९ साउन । जिल्लामा गत एक वर्षको अवधिमा २४ हजार २ सय २३ वटा नागरिकता वितरण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ को अवधिमा जिल्लामा १९९ जना नावालकलाई परिचय पत्र उपलव्ध गराईएको छ । प्रशासन कार्यालयले जिल्लाका संचारकर्मिहरू संग वुधवार आयोजना गरेको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार जिल्लावाट द्रुतसेवाको राहदानीका लागि १९ सय ३१ जनालाई सिफारिस दिएको, नियमित प्रक्रियावाट ५ हजार ६ सय ८४ जनालाई राहदानी सिफारिस गरेको र एक वर्ष भित्रमा ५ हजार २ सय ७२ राहदानी वितरण गरिएको वताए ।जिल्लाका १० स्थानीय तहमा न्ययिक समिति क्रियाशिल रहे पनि प्रशासनमा उजुरी दर्तामा कमि नआएको वताउदै गएको आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ५ सय ९६ उजुरी दर्ता भएकोमा सम्पुर्ण उजुरी फर्छौट भएको वताए ।
गत वर्ष ३४ वटा सुरक्षा समिति वैठक वसेको, ५२ वटा सामाजिक संघ संस्था दर्ता गरेको, १ सय ९९ गैसस नविकरण गरिएको र २ वटा नयाँ पत्रिका दर्ता भएको समेत जानकारी गराईएको थियो । यस्तै १ सय ३५ हात हतियार लाईसेन्स नविकरण गरेको, मधेशी, दलित, जनजाती लगाएतका ४ हजार ३३ जनालाई सिफारिस वितरण गरेको प्रजिअ श्रेष्ठले वताए । यसैगरि प्रशासनले गत आर्थिक वर्षमा १ सय ५८ जनालाई ६ लाख ३७ हजार ५ सय वरावरको उद्दार तथा राहत सामाग्री वितरण गरेको समेत जनाएको छ ।
कार्यालयले उक्त अवधिमा तीन करोड २९ लाख बढी राजश्व संकलन गरेको छ । संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण, राहदानी दस्तुर, प्रशासनिक दण्ड जरिवाना, न्यायिक दण्ड जरिवाना लगायतबाट सो राजश्व संकलन गरेको हो । सबैभन्दा बढी राहदानी दस्तुरबाट तीन करोड २० लाख २७ हजार संकलन गरेको छ ।