घुस लिएको आरोपमा सुनसरीबाट ट्राफिक प्रहरी कटुवाल पक्राउ


सुनसरी, ८ साउन । सुनसरी ट्राफिक प्रहरी अस्थायी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनलाई सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । आयोगको इटहरी कार्यालयबाट गएको टोलीले

घुससहित जवान कटुवाललाई सोमबार पक्राउ  गरेको भए पनि मंगलबार सार्वजनिक गरेको हो ।आरोपी कटुवालमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार