ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख निलम्बित


ललितपुर । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरपालिकाको गत साउन २ गतेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरी साउन ५ गते पत्र थमाएको महानगरपालिकाका प्रेस संयोजक माधव प्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए । महानगरपालिकाको काममा अवरोध पुर्याएको निष्कर्षसहित उनलाई हटाउने निर्णय गरिएको उनको भनाई छ ।  कदमलालले नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

महानगरपालिका स्रोतका अनुसार महर्जनले पर्यटकका लागि तयार छुट्याइएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए । सोअघि सो स्थानमा उनले नै पार्किङ सञचालन गर्दै आएका थिए ।गत असारबाट उनको सम्झौता सकिएर अर्को व्यक्तिले टेन्डर पारेपछि उनले पोखरीको शिलान्यास गराउँदा विवाद उत्पन्न भएको बताइएको छ ।

महर्जनलाई कति समयका लागि निलम्बन गरिएको भन्नेबारे पत्रमा केही उल्लेख नभएपनि थप छानबिनपछि सेवाबाट हटाउने मनस्थितिमा मेयर चिरिबाबु महर्जन रहेको एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार