
सुनसरी । पौडी खेल्ने क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कि १४ बर्षिय अनु श्रेष्ठको मृत्यु भएको छ । वराहक्षेत्र ५ आन्द्रमोठमा रहेको ५ नम्बर वडा अध्यक्ष राजु अधिकारीको फर्ममा रहेको पोखरीमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको हो ।
नातेदार राजु अधिकारीको घरमा बस्दै आएका अनु श्रेष्ठ र १६ बर्षिय ममता श्रेष्ठ शनिवार अपरान्ह ४ बजे सब्जी टिप्ने भनेर अधिकारीको फर्म गएको आफन्तले बताएका छन । श्रेष्ठ स्थानिय जडेज माध्यमिक बिधालयमा अध्यायनरत रहेको प्रहरीले जनकारी दिएको छ ।






















