बाढीले मोटरसाइकल बगायो, एक जना घाइते


सिन्धुल, ६ साउन । बाढीले मोटरसाइकल बगाउँदा एक जना सामान्य घाइते भएका छन् भने मोटरसाइकल खोलाले बगाउँदा फेला परेको छैन ।

कनपा ७ मा रहेको गडौली खोला तर्ने क्रममा लच्काबाट आइतबार मोटरसाइकलसहित मोटरसाइकल चालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कनपा ७ को रामपुरबाट सिन्धुलीमाढी तर्फ आउँदै गर्दा साँझ साढे ६ बजे ज ५प८१६३ नम्बरको मोटरसाइकल

बगाउँदा दाङको बंगलाचुरी ८ घर भएका सहयोगी विकास बैंकका कर्मचारी ३९ वर्षका ओविराम गाहा मगर सामान्य घाइते भएका छन् ।उनको मोटरसाइकल भने हराएको छ । मोटरसाईकल खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार