छत बाट खस्दा दुई जनाको मृत्यु


पाँचथर, ६,साउन ।
पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ७ टाहारीमा निर्माणाधिन यलम्वर पार्कको छत खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हिलिहाङ ७ का ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राई रहेका छन् ।

हिलिहाङ ७ टाहारी नजिकै गाँउ पालिकाको लगानीमा निर्माणाधिन पार्ककको छत ढलाई पछि खोल्ने क्रममा उनीहरुको ज्यान गएको हो । घट्ना सोमवार विहान भएको हो । घट्नास्थलमा प्रहरी पुगिसकेको छ । १ जना घाइते भएका छन । घाइतेलाई उपचारार्थ पाँचथर अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सुनसरीमा भारतीय नागरिकको घाँटी रेटी हत्या ६ साउन, सुनसरी । जिल्लाको देवानगञ्ज गाउँपालिका–२, बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार ९दविया० प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए ।हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार