
भोजपुर, ५ साउन ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा रहेको प्रशिद्ध धार्मिक स्थल चारढुङ्गे सन्तानेश्वर महादेवस्थान मन्दिरको डीपीआर तयार भएको छ । वडा नं ५ सुप्लामा रहेको सो मन्दिरको विकासको लागि डीपीआर तयार गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेको धार्मिक स्थलका सरक्षण तथा विकासका लागि डीपीआर तयार गरेर काम गर्ने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने ‘हामी गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा लागेका छौ,
तर गाउँपािलकाको बजेटबाट मात्र काम गर्न सम्भव नरहेकोले केन्द्रिय र प्रदेश सरकारबाट पनि सहयोगको आशा गरेका छौ, धेरै ओटा संरचनाको डीपीआर सम्पन्न भएको छ, अव त्यही अनुरुप काम अगाडी बढाउछौ ।’