सरकारविरुद्ध कैलालीमा ब्यवसायीहरुको प्रदर्शन


कैलाली,५ साउन। सरकारले हालै ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै कैलालीका व्यवसायीहरु बिरोधमा उत्रिएका छन् ।आइतबार बिहान कैलाली उद्योग वाणिज्य संघबाट निस्किएको व्यवसायीहरुको

बिरोध र्‍याली ट्राफिक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोण सभालाई सम्बोधन गर्दै कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सरकारले ल्याएका ऐन अव्यवहारिक भएको बताए ।उनले सरकारले लागू गरेको प्रणालीका विषयमा चार्टड एकाउटेण्टहरु नै अनविज्ञ रहेको बताउँदै विना तयारी र व्यवसायीहरुलाई जानकारी नै नदिएर लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित हुने बताए ।गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लले व्यवसायीहरुलाई दुःख दिने नियतले सरकारले लागू गरेको प्रणाली तत्काल खारेज हुनुपर्ने बताए ।होलसेल व्यवसायी संघ धनगढीका अध्यक्ष तिलक खतिवडाले सरकारले ल्याएको ऐनहरुबाट व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहने बताए ।

कोण सभा पश्चात व्यवसायीहरुले मुख्यमन्त्री त्रिलोचट्टलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले संघीय सरकारले ल्याएको नियम, ऐनका बारेमा आफूहरुले बुझ्ने भन्दै व्यवसायीहरुले बुझाएका ज्ञापनपत्र संघीय सरकालाई पठाउने बताए ।व्यवसायीहरुले सरकारले आर्थिक वर्ष ०७६र७७ मा भेहिकल एण्ड कन्साइमेण्ट ट्रयाकिङ सिस्टम ९भीसीटीएस० लगायत प्रावधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार