
सोलुखुम्बु । झगडा गर्ने क्रममा सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ जंगलमा याकलाई दाना खुवाइ फर्किने क्रममा खुम्बु पासाङ ल्हामु गाउँपालिका –२ मा स्थानीय नरबहादुर निरौला र राम मगर बीच विवाद भएको थिए ।
सामान्य विवाद भएपछि कुटाकुट हुँदा ३८ वर्षीय नरबहादुर निरौलाको भिरबाट लडेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाकारी दिएको छ । घटनामा सलंग्न ४८ वर्षीय राम मगर र सँगै गएका ङिमा सार्की शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






















