भोजपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यू


भोजपुर,२ साउन ।
भोजपुरको आमचोक गाउँपालिका–२ स्थित यूँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङ्गथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका

२० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । मंगलबारघरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला

अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनु भयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार