चितवनका होटलमा दिउँसै छापा, ४३ महिला सहित ९९ जना नियन्त्रणमा


काठमाडौं, ३० असार । चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ ।

सोमबार दिउँसो नरायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको हो । अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरी त्यस स्थानमा छापा मारेका चितवन प्रहरीले जनाएको छ ।

होटलमा छापा मार्ने क्रममा प्रहरील ९९ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार