
भोजपुर, २५ असार ।
भोजपुर सदरमुकामको हटियामा भएको गोली हानहानमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज विहान प्रहरी र विप्लब कार्यकर्ता विचभएको गोलीहानहानमा प्रहरी जवान सन्जिव राई,विप्लब समुहका ओखलढुङ्गा इन्चार्ज निरकुमार राईको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।घटनामा प्रहरी जवान खेमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्न साथ अस्पताल लगिएकादुवैलाई डाक्टर मृत घोषण गरेका थिए ।
सर्च अप्रेसनमा रहेको प्रहरीलाई विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो । मृतक सन्जिबको पेटमा र विप्लब कार्यकर्तालाई वाँया घुँडा र तिघ्रामा गोली लागेको प्रमुख जिल्ला अधिकारीको भनाई छ। मृृतक सजिन्ब माथी गोली प्रहार भएर ढलेपछि अर्का प्रहरी जवानले गोली चलाएको प्रमुख जिल्ला अधिकारीले खतिवडाले जानकारी दिए ।
कैलालीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु
कैलाली । मंगलबार साँझ नुहाउने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।मृतक दुबै बालकको शव भजनी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लागाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।






















