
सप्तरी, २३असार ।
मन्दिरका पुजारीलाई इटाले हान्न खोजेपछि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई सर्वसाधारणले लखेटेका छन् ।प्रदेश सरकारको लगानीमा जिर्णोद्वार हुँदै गरेको
हनुमाननगर कंकालिनी नगरपालिका–३ हनुमान मन्दिरका पुजारी राममनोहर दासलाई इट्टाले हान्न खोजेपछि मन्त्री साहलाई स्थानीयबासीले आक्रमण गर्दै लखेटेका हुन । पुजारीले काम गुणस्तर हिन भएको भन्दै रोक्न आग्रह गरेपछि मन्त्री साहले उनलाई गालि गर्दै ईट्टाले हान्न खोजेका थिए ।गुणस्तरीय काम गर्न सुझाउँदा पुजारीमाथि आक्रमण गर्न खोजेपछि जम्मा भएका युवाहरुले मन्त्री यादवबिरुद्ध नारावाजी गर्दै उहाँलाई लखटेको स्थानीय संजीव यादवले जानकारी दिनुभयो । सोही वडाका अध्यक्ष विजय यादवले पनि मन्त्री र पुजारीका बिचमा विवाद भएको बताउनु भयो ।
मन्त्रीका छोरा तथा हनुमानगर कंकालिनी नगरपालिकाका मेयर शैलेस साहले निर्माण काम र उपभोक्ता समितिको विषयलाई लिएर विवाद भएको स्विकार्दै मन्त्रीलाई लखटेको कुरा गलत भएको बताउनु भयो ।






















