धरानमा २८ घरमा विद्युतीय मिटर वितरण


धरान, २३ असार । नेपाल विद्युत प्राधिकरणले धरान १४ को सहयोगमा त्याहाँका अति विपन्न परिवारलाई मिटर वितरण गरेको छ । धरान १४ का संयोजन तथा नेपाल विद्युत प्राधिकरण वितरण शाखाले धरान १४ को अति विपन्न परिवारका २८ घरमा मिटर वितरण गरेको हो ।

नेपाल सरकारले निम्न आय भएका अति विपन्न परिवारलाई विजुलीमा सहजता पुगोस् भन्ने अभिप्रायले अनुदानसहित निःशुल्क मिटर वितरण गरेको नेपाल विद्यूत प्राधिकरण धरान शाखाका प्रमुख दिपक सापकाटाले बताउनुभयो । उहाले मिटर वितरणसंग जडान गर्ने कार्यक्रमसमेत रहेको बताउदै विगतमा हुकिङ गरेर विजुली चोर्ने

प्रथाका न्यूनिकरणका लागि पनि नेपाल सरकारले यो कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । उहाले पहिलो चरण अन्तर्गत धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले यहा रहेका अति विपन्न वर्गका सर्वसाधारणको तथ्यांक संकलन गरेपछि उहाहरुलाई मिटर वितरण गरिएको उहाल बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार