सुन्दरहरैंचा, २३ असार ।मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा रहेको भोलेश्वर शिवालय मन्दिरको प्राण प्रतिष्ठा यज्ञ सम्पन्न भएको छ । असार १९ गते बाट ५ दिन सम्म सञ्चालन भएको प्राण प्रतिष्ठाको आज विधिवत रुपमा सम्पन्न भएको हो ।
२०७१ सालमा स्थापना भएको सो मन्दिर निमार्णका लागि स्थानीय समाजसेवी तथा सुकुना बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख रामप्रसाद काफ्लेले १ कण्ठा १० धुर जग्गा दान दिनुभएको हो । सो जग्गामा करिब ५० लाखको लागतमा हाल अकर्षक शिवालय मन्दिरको निर्माण गरिएको छ । मन्दिर निर्माणका लागि स्थानीय भक्तजन, भजन किर्तन समूहबाट चन्दा दान संकलन गरेर सो रकम बाट निमार्ण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ भट्राईले बताएउनुभएको छ ।पछिल्लो समय मन्दिरको कम्पाउण्ड वाल तथा बाटो निर्माणका लागि प्रदेश सरकारका तर्फ बाट १० लाख उपलब्ध गराएको निर्माण समितिका संयोजक भिमप्रसाद घिमिरे ले जानकारी दिनुभएको छ ।
साथै सोही मन्दिर पेरिसर भित्र जेष्ठ नागरिक समाजको भवना चौतारी समेत उद्घाटन गरिएको छ । सो कार्यक्रम सुन्दरहरैचा नगरपालिका वार्ड नं।४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा त्यसैगरी सुन्दरहरैचा नगरपालिका शिवालय टोल चौतारी निर्माण उपभोक्ता समितिकी अध्यक्ष दुर्गा पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो।
























