झापामा सर्पको टोकाइबाट बालिकाको मृत्यु


झापा , २३ असार । झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंको टोकाइबाट मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुताको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घर कोठामा सुतिरहेकी बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको प्रहरीले जनाकारी दिएको छ ।राति २ बजे निरुतालाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको जनाइएकोे छ ।

विराटनगर / मोटरसाइकलले साइकललाई ठक्कर दिंदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार