
काठमाण्डौ, २३ असार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । पूर्वमन्त्री तथा सांसद कार्कीले काठमाडौंको थापाथलीमा तेस्रो बिहेका लागि स्वयम्वर गरेका हुन् ।
आइतवार साँझ उनले राजधानीको थापाथलीस्थित पार्टी प्यालेसमा टीकाटालो गरेका पारिवारिक स्रोतले जनाएको छ। ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन । कार्कीको टीकाटालोमा परिवारका सदस्य र कांग्रेसका केही नेतालाई बोलाएका थिए। कार्कीको बिहे मितिबारे केही जानकारी गराइएको छैन। पूर्व अर्थ र जलश्रोतमन्त्री रहिसकेका कार्कीका पहिलो श्रीमतीबाट एक छोरी छिन्।
यसअघि कार्कीका दुवै पत्नीको निधन भइसकेको छ। कार्कीकी पत्नी आँबु राणा कार्कीको २०७३ जेठ १७ गते निधन भएको थियो। आरआर क्याम्पसकी उपप्रयाध्यापक समेत रहेकी उनको निधनको तीन वर्षपछि कार्कीले अर्को बिहे गर्न लागेका हुन्। गृहजिल्ला भोजपुरबाट तीन पटकसम्म चुनाव लडेका कार्की तीनै पटक पराजित भएका थिए । हाल उनी सुनसरीबाट चुनाव लडेर प्रतिनिधि सभामा सदस्य छन्।























