
भोजपुर, २१ असार ।
सुख्खा खडेरी लागेर अन्नवाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित वनेका छन् । असार महिना वित्न लाग्दा सम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै धान कादो लगाएत अन्य वाली सुकेपछि उनिहरु चिन्तित वनेका हुन् ।
भोजपुर नगरपालिका – ६ ठुलो पालुवाका करिव ३ सय घर परिवार कृषकलाई आगामी वर्षमा मकैको विउ कसरी जोह गर्ने भन्ने चिन्ता बढेको छ । वारीमा लगाएको मकै खडेरीको कारण सखाप उनिहरुलाई चिन्ता थपिएको हो । स्थानीय जीवन आर्चयले भने‘ सवै अन्नबाली खडेरीले पराल जस्तो भएको छ, हामीलाई आगामी वर्षको विउको चिन्ता बढेको छ ।’ अव पानी परेपछि मकैको पुरानो स्थितिमा नआउने उनले वताए । भने‘ सवै मकै सुकेको छ, किराको प्रकोप पनि उस्तै छ, अव पानी आएपनि काम छैन।’
यहाँका किसानले सुकेको मकैको विरुवा गाईवस्तुलाई खुवाउन थालेका छन् । तर गाईवस्तुले पनिले खान छाडेको अर्का कृषक गणेश परिवारले बताए । उनले भने‘ बारीको सवै मकै वस्तुलाई खुवाउन थालेका छौ तर वस्तुले पानी खान छाडे अव त ।’मकै खुवाउदा कतिपयको वस्तु नै मरेको उनको भनाई छ ।
गाउँमा पानीको समेत अभाव भएको छ । खेत वाँझै रहेको छ। वर्षभरि खाने कमाई सखाप भएपछि उनिहरु कसरी वाच्ने भन्ने चिन्तामा परेका हुन् । अन्नवाली जति खडेरीले सखाप बनाएपछि भोगमारीको चिन्ता हुन थालेको हो । सरकारले सुख्खा ग्रस्थ क्षेत्र घोषणा गरेर राहतको व्यवस्था गर्नु पर्ने उनिहरुको माग छ । स्थानीय कुल बहादुर कार्की भने‘ हामीलाई खडेरीको कारण समस्या थपिएको छ, योसंगै जिल्लाको अन्य ठाउँमा पनि खडेरीका कारण यस्तै अवस्था छ, त्यस्ता ठाउँको पहिचान गरि सरकारले राहतको व्यवस्था गर्न आवश्यक छ ।’
दलगाउँ, कोट, गोगने, वास्तीम, हसनपुर लगाएत जिल्लाकावेंसी फेटमा खडेरीको कारण अन्नवालीमा क्षति पुगेको छ । जसको कारण धेरै किसानमा निरासा वढेको छ ।






















