भोजपुरमा एक व्यक्ती पाँच दिन देखि वेपत्ता


भोजपुर, १७ असार ।
भोजपुरमा एक व्यक्ती पाँच दिनदेखि वेपत्ता भएका छन् । भोजपुर नगरपालिका ९ व्रिटिस वायलफेर नजिकै घर भएका स्थानीय ५२ वर्षीय छविलाल तामाङ यहि असार १३ गतेबाट सम्पर्क विहिन भएको परिवारले जनाएको छ  ।

घरबाट वेपत्ता भएका तामाङ अवस्था पत्ता नलागेपछि परिवारले खोजीका लागि अनुरोध गरेको छ । मानशिक सन्तुलन ठिक नभएका तामाङले दैरा सुरुवाल ढाका टोपी लगाएको,

बर्ण रातो रहेको परिवारले जनाएको छ । कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा गजेन्द्र तामाङलाई ९८४२२११७९८ मा खवर गरिदिन परिवारले सवैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार