भिडियो : भोजपुरमा यसरी मनाईयो धान दिवस…


भोजपुर,१६ असार ।
धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ आइतबार धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर संगै भोजपुरमा पनि मनाइएको छ ।

यसै बिच धान दिवसको अवसरमा कृर्षी ज्ञान केन्द्र भोजपुरको आयोजना तथा भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा रहेको हिमचुली महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा दिवस मनाइएको हो । नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’ को सिफारिसमा २ हजार ६१ सालदेखि असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीमा रुपान्तरण हुनु, उन्नत जातका बीउबिजनको प्रयोग नहुनु लगायतका कारण धान उत्पादन बढन नसकेको जानकारहरुले बताउने गरेका छन् ।

प्राङ्गारिक तथा रासायनिक मल सही रुपमा प्रयोग नहुनु तथा धानको समर्थन मूल्य नतोकिनु पनि धान उत्पादन नबढनुको कारण हो । अझ धान उत्पादनमा सिंचाइको समस्याले त बढी नै असर गर्ने गरेको छ । सरकारले आगामी पाँच वर्षमा धानको उत्पादनमा दोब्बर वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यसका लागि धान पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्ने योजना सरकारको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार