हेटौँडा उपमहानगरपालिकाको योजना: भ्यू टावरदेखि चक्रपथ निर्माणसम्म


हेटौँडा, १५ असार । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि हेटौँडा उपमहानगरपालिकाले विभिन्न योजनाहरु अघि सारेको छ उपमहानगरपालिकाले पाँचौँ नगरसभाबाट महत्वपूर्ण योजना

अघि सार्दै आगामी आर्थिक वर्षमा विभिन्न काम गर्ने योजना बनाएको छ ।नगर क्षेत्रको यातायात व्यवस्थापनलाई सुरक्षित,भरपर्दो एवम् प्रभावकारी बनाउन व्यवस्थित बस टर्मिनल भवन निर्माण कार्यको थालनी गरिने उपमहानगरपालिकाले अघि सारेको योजनामा बताइएको छ ।

त्यस्तै स्थानीय पर्यटनको प्रवर्द्धन गर्दै नगरको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन आगामी आर्थिक वर्षमा हेटौँडाको मुख्य बजार क्षेत्रमा आधुनिक सुविधायुक्त ुभ्यू टावरु निर्माण कार्यको प्रारम्भ गरिने हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

साइकल ट्रयाक निर्माणसाइकल यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै उपमहानगरपालिकाभित्र साइकल ट्रयाक निर्माण गर्ने उपमहानगरको योजना छ । ‘हेटौँडामा पछिल्लो समय साइकल यात्रीहरु बढ्दै गएकाले साइकल चलाउनका लागि ट्रयाक निर्माण गर्न लागिएको हो,’ प्रमुख महतले भन्नुभयो ।

त्यस्तै उपमहानगरपालिकाबाट सञ्चालन गरिने विकास निर्माणसम्बन्धी योजनाहरुमा प्रयोग हुने निर्माण सामाग्रीहरुको गुणस्तर सुनिश्चित गर्न आधुनिक प्रविधिमैत्री ल्याब टेष्ट स्थापनाको योजना पनि अगाडि ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार