
भोजपुर, १४ असार ।
भोजपुर नगरपालिका ८ पोखरेमा खार्लातिम फोहोरा सिंचाई योजनाको कार्यालय सञ्चालन आएको छ । सिंचाई योजनाको काम सम्पन्न भएसंगै आगामी दिनमा गर्नु पर्ने
क्रियाकलापहरुलाई व्यवस्थित तवरबाट सञ्चालन गर्नको लागि कार्यालय सञ्चालनमा ल्याएको आयोजनाका अध्यक्ष दिल वहादुर कठेतले जानकारी दिए । कार्यालयको वडा अध्यक्ष गोपाल कार्कीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । त्यस्तै सोही आयोजना विषयमा शुक्रवारबाट शुरु भएको नेतृत्व विकास कार्यालय तथा द्धितिय व्यवस्थापन सम्वन्धी तालिम जारी रहेको छ ।
उपभोक्ता पदाधिकारीहरुलाई नयाँ प्रविधिमा आधारित सिंचाई योजना सम्वन्धी जानकारी उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । २८ जनाको सहभागिता रहेको तालिमको आइतबार समापन हुने योजना सचिव नविन कठेतले जानकारी दिए ।























