
काठमाडौं, १४ असार । काठमाडौँको जमलमा शनिबार बिहान कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार
बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । चालकसहित कारमा ३ जना सवार थिए । दुर्घटनामा तीनै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।
दुर्घटनाको क्रममा कार उछिटिएर सडक किनारमा रोकिराखेको एक पर्यटकको माइक्रोलाई ठक्कर दिन पुगेको थियो । कारको ठक्करबाट माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।






















