भोजपुरका दुई सहित तीन युवा हात हतियार सहित प्रहरी नियन्त्रणमा


भोजपुर,१३ असार ।लागुऔषध तथा हात हतियार सहित भोजपुरका दुई सहित तीन युवालाई धरान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उपमहानगरपालिका

११ डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका २ घर भएका ३१ वर्षीय सुरेश राई र सोही स्थानमा बस्ने भोजपुर आमचोक गाउँपालिका ६ घर भएका २९ वर्षीय बिजय राई र धरान उपमहानगरपालिका १५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, रहेका छन् ।प्रहरीले बिहीबार बिहान उनीहरुकै घर तथा डेराकोठाबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको घरकोठा र कम्पाउण्डबाट

पेस्तोल २ थान, त्यसको म्याग्जिन १ थान,एसएलआरको गोली १४ राउण्ड, पेस्तोलको गोली ११ राउण्ड, लागूऔषध डाईलेक्स डीसी ४ बोतल, लागूऔषध खैरो हेरोईन २ ग्राम ७ सय ३०मिलिग्राम, खुकुरी २ थान, फलामको नक १ थान, मुखुन्डो ३ थान, मोबाइल ३ थान, मोटरसाइकल ३ थान (को.२५ प ४९८९, को.९ प ४३९८,को.५ प ३७५७ नम्बर), डाईसको गोटी ६ थान, नगद १५ हजार १ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार