
भोजपुर ।
प्रदेश नं १ को सरकारले असार १ गते आर्थिक बर्ष २०७६र०७७ को लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट संसदमा प्रस्तुत गर्यो । १४ वटा जिल्ला रहेको प्रदेश १ मा गत बर्ष भन्दा करिब ६ अर्ब बढीको बजेट आएको छ । बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिएको प्रदेश १ सरकारले भौतिक पूर्वाधार र पर्यटन पूर्वाधारलाई पनि उत्तिकै महत्व दिएको छ । प्रदेश नं १ सरकारको प्रमुख अर्थात मुख्यमन्त्री भोजपुरका शेरधन राई छन् ।
विकासका दृष्टिले पछाडी रहेको आफ्नो गृह जिल्ला भोजपुरका लागि मुख्यमन्त्री राईले कहाँ कति र कुन शिर्षकमा बजेट छुट्याए । यहाँ लेखाजोखा गरिएको छ । बजेटबाट भोजपुरमा पूर्वाधार विकासका लागि बढी रकम विनियोजन भएको छ । सडक, पक्कि पुल, खेलमैदान, झोलुंगे पुल, भ्यू टावर, खानेपानी, सिचाँइ लगायतका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन भएको छ ।
सडकतर्फ
१। भोजपुर एयरपोर्ट सडक ५ करोड
२। भोजपुर टक्सार मानेभन्ज्यांग बैकुण्ठे बासिखोरा बालंखा रानीटार सडक ५ करोड ।
३। षडानन्द १२ तुर्के पुल झ्याउपोखरी साङपाङ हुँदै फालिदोबाटो सडक ५ करोड ।
४। सिमलधारा काफलटार आरुस्वारा ग्रामीण सडक ट्याम्के मैयुङ् ७, २५ लाख ।
५। तिवारीभन्ज्यांग च्यांग्रे बास्तिम ठूलोदुम्मा सानोदुम्मा सडक ५० लाख
६। जरायोटार सिक्रेटार सानोदुम्मा पँधेरी सडक ५० लाख ।
७। हिलेभन्ज्यांग हेलौछा बोया साङपाङ देउराली सडक ४५ लाख ।
८। दिंलादेखी सतिघाट सडक स्तरोन्नती ८७ लाख ।
९। घोरेटार फलामढुंगा पूर्णेबजार वयांग पसलभन्ज्यांग बालंखा सडक ८७ लाख ।
१०। बालंखा थिदिंखा पसलभन्ज्यांग बयांग सडक ८७ लाख ।
११। अन्य सडक निर्माण तथा मर्मत सुधार २ करोड ।
१२। भोजपुर मानेभन्ज्यांग रानीबास घोरेटार सडक ५० लाख ।
१३। भोजपुर दिंला मुलपानी केउरेनीपानी सडक ५० लाख ।
१४। सेती बगर रिमचिम हुँदै खोटाङको फेदी जोड्ने सडक ५० लाख ।
१५। सुन्तले बाघखोर माझखर्क तिम्मा छिनामखु अन्नपूर्ण ओख्रे भूल्के दलगाउँ सडक ५० लाख ।
१६। गुप्तेश्वर झ्यालसिंगे सुन्तले हेलौछा सडक ५० लाख ।
१७। प्याउली पंचदोबाटो पियुठगाउँ खानीगाउँ ह्यांगसिंग हुँदै नखुवा खोला सडक ७० लाख ।
१८। गुम्बा, कोट, गोगने, लेखर्क पान्धारे सडक ५० लाख ।
१९। बुम्लींटार कुलुङ चौकीडाँडा खाटाम्मा लिमखिम हुँदै साल्पाफेदी सडक निर्माण ५० लाख ।
२०। भोजपुर ६ देउराली भंगेरी पालुवा हुँदै पिखुवा खोला सडक ७० लाख ।
२१। युनाइटेड बोर्डिङ हुँदै घट्टेखोला आम्तेक श्यामशिला सडक ५० लाख ।
२२। दानाबोट भण्डारीगाउँ खोलाखर्क अर्चले सडक ५० लाख ।
२३। मैनामैनी हसनपुर चुहार घोरेटार भोजपुर दिंला सडक १९ करोड २३ लाख ।
२४। पादेशिक विशेष सडक निर्माण २ करोड ८० लाख ।
२५। कुलुङ चौकीडाँडा खाटाम्मा भोजपुर संघबाट शसर्त अनुदान १ करोड ६३ लाख ।
२६। भोजपुर, मानेभन्ज्याङ्ग, रानीबास घोरेटार सडक संघबाट शसर्त अनुदान ४ करोड १ लाख ।
२७। खैराङ्ग पात्लेपानी हसनपुर सडक संघबाट शसर्त अनुदान १ करोड ५९ लाख ।
पुलतर्फ
१। काँवाखोला पक्कि पुल हतुवागढी १ र रामप्रसाद राई ५ मा १ करोड
२। यांगमा ओखरबोटे निभारे खोला झोपु।साल्पासिलिछो ६ मा २५ लाख
३। च्याकशिला चिलिमधाप झोपु साल्पासिलिछो ५ मा ५५ लाख ।
४। इन्द्रावती खोला झोपु साल्पा सिलिछो ५ पाला बोखुम्बा २५ लाख ।
५। पाटी खोला भोजपुर ५ झोपु २५ लाख ।
६। लालबिरौटा चौकिडाँडा ४ झोपु २५ लाख ।
७। पिखुवाखोला पक्कि पुल २ करोड ।
८। आरीखोला पक्कि पुल २ करोड ।
९। अँधेरीघाट पक्कि पुल २ करोड ।
१०। याकुवाखोला नखुवा दोभान ९बंखुवा० पक्कि पुल २ करोड ।
११। याकुवाखोला नखुवा दोभान ९गंखुवा० पक्कि पुल करोड ५० लाख ।
१२।तामुटार पक्कि पुल १ करोड ५० लाख ।
१३। तेन्दो मातेल इन्द्रावती साल्पा सिलिछो ५ झोपु ३० लाख ।
१४। अरुण नदी पुल कुरुलेघाट २ करोड ।
१५। दूधकोशी नदी पुल चुहार उदयपुर र भोजपुर सिमा २ करोड ५० लाख ।
भवन
१। भोजपुर क्याम्पस कभर्ड हल ५ लाख
२।कर्भडहल निर्माण षडानन्द नगरपालिका ८ लाख ।
३। नगरस्तरिय दलित संजाल समितिको भवन निर्माण ५० लाख ।
४। भोजपुर सभा हल निर्माण १० लाख
५। भोजपुर क्याम्पस इ लाइब्रेरी निर्माण १ करोड ।
६। मदन भण्डारी स्मृति भवन निर्माण भोजपुर १५ लाख ।
७। विपी स्मृति भवन निर्माण भोजपुर २५ लाख ।
८। जनता आवास कार्यक्रम ९० लाख
९। कृष्णलक्ष्मी स्पोर्टस कम्प्लेक्स दाँवा १० लाख ।
१०। पाल्पाले खेलमैदान स्तरोन्नती अरुण गापा १० लाख ।
११। भोजपुर कोदारमा रंगशााला निर्माण २ करोड ६० लाख ।
१२। भोजपुर बसपार्कदेखी टक्सार जानेबाटो स्तरोन्नती १० लाख ।
१३। षडानन्द नपाको मुख्य बजार क्षेत्रमा सडक तथा ढल निर्माण १२ लाख ।
१४। दिमालुङ स्मृति पार्क हतुवागढी १२ लाख ।
१५। नारदमुनी थुलुङ पार्क ट्याम्के मैयुङ १० लाख ।
१६। भोजपुर बजारमा बसपार्क निर्माण क्रमागत ११ लाख ।
१७। रामप्रसाद राई स्मृति पार्क १५ लाख
१८। नेपालेडाँडा मझुवावेशी पूर्वाधार निर्माण १२ लाख ।
१९। हतुवागढी पूर्णेडाँडा दिमालुङ संरक्षण र पूर्वाधार विकास १२ लाख ।
२०। गोरुकाटे भ्यु टावर साल्पासिलिछो ३० लाख ।
२१। यलम्बर सभाहल भोजपुर ६ देउराली ३० लाख ।
२२। हतुवागढी घाडेटार संखामचुली भ्यु टावर ३० लाख ।
२३। एकिकृत वस्ति विस्तार तथा व्यवस्थापन ४० लाख ।
२४। दिंला बजार ढल निर्माण १० लाख ।
२५। बालंखा बजार सामुदायिक भवन निर्माण ७० लाख ।
२६। दिंला बजार बहुउदेश्यिय धर्मशाला निर्माण ७० लाख ।
२७। ट्याम्के भ्यु टावर निर्माण १ करोड ।
खानेपानी
१। केउरेनीपानी ६,७ खानेपानी आयोजना ४० लाख ।
२। हसनपुर खानेपानी आयोजना ५० लाख ।
३। सिद्धेश्वर गुप्तेश्वर वृहत खानेपानी आयोजना २० लाख ।
४। बिलिम्बा खानेपानी आयोजना ५० लाख ।
५। दोभाने खानेपानी आयोजना ५० लाख ।
६। भाङटार याङपाङ खानेपानी आयोजना ३० लाख ।
७। देउराली ५ खानेपानी आयोजना ३० लाख ।
८। हतुवागढी खापाआ ५० लाख ।
९। होम्तांगमा पिखुवाबाट पम्पिङ खानेपानी आयोजना ५० लाख ।
१०। छर्छरे खानेपानी आयोजना च्यांग्रे १ करोड ।
११। पौवादुम्मा खानेपानी आयोजना ५० लाख ।
१२। लोभा खोखा मुहान लोभा देउराली खापाआ षडानन्द ९, १२ मा ५० लाख ।
१३। आकाशे पानी संकलन परियोजना २० लाख ।
१४। पखुवाखोला दोभान मुहान आमचोक गापा सोलार लिफ्ट खापा आयोजना ५० लाख ।
१५। साङपाङ देउराली खानेपानी मर्मत ५० लाख ।
१६। बजरे खानेपानी आयोजना ५० लाख ।
१७। षडानन्द खानेपानी आयोजना ४० लाख ।
१८। शिवालय खापाआ ५० लाख ।
१९। अरुण नदी लिफ्टिङ खापाआ ३० लाख ।
२०। साङकाफोक लिफ्टिङ्ग खानेपानी आयोजना आमचोक १० मा १० लाख ।
२१। पाखुरे पान्धारे खानेपानी आयोजना ट्याम्के मैयुङ ९ मा ४० लाख ।
२२। लोमाखोला खानेपानी गुणस्तर सुधार आयोजना २० लाख ।
२३। जरायोटार लिफ्ट खापाआ अरुण गापा ६,७ मा ३० लाख ।
२४। रानीपानी खापाआ षडानन्द नपा १३,१४ मा २० लाख ।
२५। कुमालटार लिफ्ट खानेपानी आयोजना चरम्बी ३० लाख ।
२६। आम्तेक श्यामशिला खानेपानी आयोजना १८ लाख ।
२७। माझखर्क मुलखर्क खानेपानी योजना भोजपुर नपा ३ मा
४० लाख ।
यहाँ १० लाखभन्दा कमका योजना समावेश गरिएको छैन् ।
सिचाँइ
मचुवाटार लिफ्ट सिचाँइ योजना १ करोड
सिचाँइका अन्य योजना समावेश गरिएको छैन् ।






















