जिल्लाको विकासको लागि अग्रणी भुमिका खेल्छु : पदेश सांसद राजेन्द्र राई


भोजपुर ८ असार ।
भोजपुर क्षेत्र नम्वर एकबाट निर्वाचीत १ नम्बर प्रदेशका प्रदेश सभा सांसद राजेन्द्र कुमार राईले जिल्लाको विकासका लागि सदैव अग्रणी भुमिका खेल्ने बताउनु भएको छ । शनिवार टेम्केमैयुङ गाउँपालिकाको ५ औं गाउँ सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भोजपुर पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएकोले पर्यटनको क्षेत्रबाट जिल्लाको आर्थीक समृद्धि हुने बताउदै उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि आफुले बारम्बार चासो राखेको बताउनु भएको छ । उहाँले मुन्धुम ट्रेल संसारकै सबै भन्दा राम्रो पद मार्ग भएको बताउदै यसको विकास र उजागरका लागि प्रदेश सरकारले सुवातका लागि यस वर्ष दुई करोड वजेट विनियोजन गरेको बताउनु भयो ।

साथै उहाँले गएको वर्ष कर्मचारीको अभावका कारण बजेट परे पनि सदुपयोग हुन नसकेको बताउनु भयो । उहाँले काम भएन भनेर जनप्रतिनिधलाई मात्र दोष दिनु भन्दा पनि जनता अब आफै सचेत हुनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्दिय सदस्य हरि बहादुर राईले टेम्केमैयुङ गाउँपालिका प्रसस्त पर्यटकिय सम्भावना भएको ठाँउभएकोले यसको विकासमा सवैको ध्यान जानु पर्नेमा जोड दिए ।

टेम्केमैयुङ गाउँपालिकालाई जिल्लाकै नमुमा गाउँपालिका बनाउने उदेश्यका साथ काम भई रहेको गाउँपालिकाले जनाएको छ । गाउँपकलिकाको विसका लागि जस्तो सुकै कदमा चाल्न पछि नपर्ने गाउँपालिका अध्यक्ष धुर्व राज राईको भनाई छ । ठेकेदारी पर्थाले गर्दा विकास निमार्णको काममा बाधा पुगेको यसको मापद्धण्द्ध निमार्ण गर्नू पर्ने बातउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार