पासाङ ल्हामु मार्गको रसुवा खण्डमा तीन दिन ठूला सवारी सञ्चालनमा रोक


रसुवा, ७ असार । पासाङ ल्हामु मार्गको रसुवा खण्डमा शनिबारदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ । हलुका गाडीलाई पनि मुख्य सडकबाट डाइभर्सन गरेर बनुवा घुम्ती हुँदै कालिकास्थान पठाइएको छ ।

सडक खण्ड अन्तर्गत कालिका गाउँपालिका–३, इँटपारेमा कल्भर्ट मर्मतको काम सुरु भएकाले ठूला गाडी सञ्चालनमा रोक लगाइएको हो । तीन दिनका लागि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

ठूला गाडीले अबको तीन दिन बेत्रावती–धुन्चे–बाह्रघुम्ती सडक खण्डको विकल्पमा मैलुङ–स्याफ्रुबेसी सडक खण्ड प्रयोग गर्न सक्नेछन् भने आइतबार बेलुकाबाट साना गाडी र मोटरसाइकल सञ्चालन गर्न सकिने डिभिजन प्रमुख निरज शाक्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार