
काठमाण्डौ, ५असार । आफूलाई प्रहरी नायब उपरीक्षक ९डीएसपी० हुँ भन्दै ठगी गर्दै हिँड्ने एक जना व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले बौद्धको नयाँबस्तीबाट नारायण भनिने भोला गौतमलाई पक्राउ गरेको हो । पक्राउ परेका गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोवाइलमा राखेर विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिने गरेका थिए ।
साथै उनले सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाइँलाई हातपात गरेको, लछार(पछार गरेर अभद्र व्यवहार गरेको खुल्न आएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।






















