भोजपुरमा दुई इन्जिनियर घुससहित सहित रङगे हात पक्राउ


भोजपुर, ४ असार । भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर र सव–इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ किराँत र सव–इन्जिनियर नइन्द्र पारोहाङ राई रहेका जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए ।

किराँतको साथबाट घुस लिएको ५० हजार र राईको साथबाट २० हजार नगदसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएर गएको टोलीले मंगलबार पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले बाटो मर्मतको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार