हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेको जीप कर्णालीमा खस्यो, अवस्था अज्ञात


हुम्ला, ३ असार । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ ।

खार्पुनाथ(५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ । जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेको छैन ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ तर थप विवरण आउन भने बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार