श्रीमान भारत, श्रीमतिद्वारा सुसाइड नोट लेखेर आत्महत्या


बुटवल । सोमबार बिहान गुल्मीकी एक महिला आफ्नै घरको हिल ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । गुल्मीदरवार गाउँपालिका–७ , चारपाला ठुलाचौकीकी अन्दाजी ३५ बर्षिया मिना थापा घरको भ(याङ्ग मुनी रहेको हिलट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।

उनले लेखेको सुसाइड नोट समेत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी दीपकुमार बस्नेतले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेको छ’, एसपी बस्नेतले भने, ‘विस्तृत बिवरण आउन बाँकी छ ।’ उनका दुई छोरा छोरी रहेका छन् । श्रीमान भने भारतमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार