पानीको चरम अभावपछि कम्पनीले कर्मचारीलाई भन्यो:अफिसमा पानी छैन, घरमै बसेर काम गर्नुस्


सुख्खायाम सुरु भएसँगै भारतमा पानीको हाहाकार मच्चिएको छ । पानीको जोहो गर्नकै लागि अहिले मानिसहरु निकै टाढा पुग्नुपर्ने बाध्यता छ ।पानीको संकट बढेपछि चेन्नईको ओल्ड महाबलिपुरम रोड (ओएमआर) मा रहेको (सूचना तथा प्रविधि) आईटी कम्पनीहरुलेकर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् । यसको पछाडिको कारण पानी नै हो ।

रिपोर्टका अनुसार, झण्डै दुई सय दिनदेखि शहरमा वर्षा भएको छैन र आगामी तीन महिनासम्म पानीको संकट टार्ने कुनै उपाय नै छैन । यही अवस्थालाई ध्यानमा राख्दै कम्पनीहरुले कर्मचारीको सुविधामा ध्यान राख्दै जहाँबाट भए पनि काम गर्ने सल्लाह दिएका छन् ।

आईटी कम्पनीहरु यतिखेर पानी खपत गर्नका लागि पहल गरिरहेका छन् । यसका लागि उनीहरुले जल प्रबन्ध बोर्डसँग कुरा गरिरहेको बताएका छन् ।भारतीय सञ्चारसंस्था टाइम्स अफ् इण्डियाका अनुसार, १२ वटा कम्पनीमा काम गर्ने झण्डै पाँच हजार प्राविधिक कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् ।

ओएमआरमा गर्मीयाममा प्रति दिन तीन करोड लिटर पानी आवश्यक हुन्छ । जसमध्ये धेरै पानी बाहिरबाट ल्याइन्छ र ६० प्रतिशतभन्दा बढी पानी आईटी कम्पनी र अन्य कार्यालयमा खपत हुन्छ ।पानीको चरम अभाव देखिएपछि अहिले मानिसहरु ट्याङकर आउँदा पनि खुशी हुने गरेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार