
भोजपुर, ३० जेठ ।
पौवादुङमा गाउँपालिकाले पानीको समस्या समाधानका लागि डिप बोरिङको काम थालेको छ । गाउँपालिकाको विभिन्न वडामा पानीको कारण स्थानीय बसाई नै सर्न थालेपछि जिल्लामा पहिलो पटक यस प्रविधिबाट पानी निकाल्न शुरु गरेको हो ।
गाउँपालिकाले वडा नम्बर ३ च्याङग्रे वडा नम्वर ४ वास्तीमको सीमानामा रहेको चाम्ताङ्ग भन्ने स्थानमा पानी निकाल्ने काम शुरु गरेको हो । वस्तीको आसपासमा रहेका पानीका मुहान सुक्न थालेपछि पानी समस्या समाधानका लागि यस्तो प्रविधिबाट पानी निकाल्न शुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पानीको समस्या समाधानको लागि काम शुरु गरेपछि पिउने पानी पाउने आशामा स्थानीय निकै उत्साहित वनेका छन् । स्थानीय मञ्जु कार्कीले भन्नु भनिन्‘ हाम्रो ठाउँमा पानीको निकै समस्या छ, पानीको कारण धेरैले गाउँ नै छाडी सके तर गाउँपालिकाले डिप बोरिङबाट पानी निकाल्न शुरु गरेको छ यसबाट हामी निकै उत्साहित छौ ।’
गाउँपालिकामा रहेको पानी समस्या समाधानको लागि दुई ओटा ठुला खानेपानीको आयोजनाको काम शुरु भएको छ । ती आयोजनाबाट वन्चित हुने माथिल्लो भेगका वस्तीलाई लाक्षित गरेर गाउँपालिकाले डिपवोरिङको काम थालेको हो । गाउँपालिकामा पानीको समस्या समाधानका लागि एक घरमा एक धारा पु¥याउने लक्ष्यका साथ काम थालिएको गाउँपालिकाले अध्यक्ष किरण राईले बताए । पानीको अत्यन्तै समस्या रहेको वास्तीम, सानोदुङमा र ठुलोदुङमामा पानी वितरण गर्ने लक्ष्य रहेको छ ।






















