
महोत्तरी, जेठ २४ । सशस्त्र प्रहरीको टोलीले ठुलो परिणाममा चाँदी पक्राउ गरेको छ । जलेश्वर नगरपालिका पिगौना(४ का ३४ वर्षीय बाल बोध प्रसाद साह पक्राउ परेका छन ।
सशस्त्र प्रहरी बल गण ८का डिएसपी सुशील प्रसाद पराजुलीको कमाण्डमा रहेको टोलीले चाँदी तस्करलाई पक्राउ गरेको हो ।
बिहान ८ बजे खटी गएको टोलीले ज ३ प ६२८९ नम्बरको डिस्कभर मोटरसाइकलको ‘एयर फिल्टर’मा लुकाई राखेको अवस्थामा उक्त चाँदी फेला परेको हो ।
अभियुक्त सँग नगद १९ हजार नेपाली, १६३० रुपिया भारू समेत फेला परेको छ । जम्मा ५ पोका अर्थात १२ केजी ७ सय ग्राम तौल रहेको चाँदीको पोका रहेको छ । मोटरसाइकलको मूल्य ६०(६५ हजार बराबरको रहेको जनाइएको छ । समातिएको चाँदीको मूल्य रू ७ लाख उन्न्नाबे हजार बढी रहेको डीएसपी पराजुली जानकरी गराएका छन ।





















