अख्तियारले अटेरी गरेपछि सर्वोच्च एक्सनमा, सचिवसहित कर्मचारीलाई कारवाहीको आदेश


काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई असहयोग गरेको भन्दै आयोगकै सचिवसहितका कर्मचारीलाई कारवाहीको लागि आदेश गरेको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अदालतले मागेको फाइल अख्तियारले नपठाउँदा न्याय सम्पादनमा हैरानी पुगेको भन्दै सम्बन्धित सचिव र अन्य अधिकृत कर्मचारीसमेतलाई कारवाहीको आदेश गरेको हो।गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा गोविन्दराज जोशीसमेत ६ जना, ताराराज पाण्डे, दिनेशराज जोशी, बासुदेव पन्तलगायतको मुद्दामा अख्तियारले फाइल नपठाएको भन्दै कारवाहीका लागि आदेश गरेको सर्वोच्चले जनाएको छ।

भ्रष्टाचार मुद्दामा यस अघि सर्वोच्चले ५ पटकसम्म फाइल माग्ने आदेश गर्दा पनि अभिलेख नपठाएकोले न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार कारवाही सहित मुद्दामा सुनुवाईका लागि पेश गर्न आदेश गरेको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार